काठमाडौं : एसियन पेन्ट्स नेपालले हाल दशरथ रंगशालामा सञ्चालन भइरहेको साफ विमेन्स क्लब च्याम्पियनसिप २०२५ मा सहभागी नेपाली प्रतिनिधि एपीएफ महिला फुटबल टोलीको मनोबल वृद्धि तथा खेलकुदको उत्थानमा योगदान पुर्याउने उद्देश्यले एपीएफ टोलीले फाइनल चरणमा प्रवेश गर्न सफल भएमा अतिरिक्त रू। १,००,००० ९एक लाख० प्रोत्साहन स्वरूप प्रदान गर्ने र प्रतियोगितामा खेलेका हरेक जितका लागि थप रू। २५,००० ९पच्चिस हजार० प्रदान गर्ने जानकारी गराएको छ।
मंसिर १९ गतेदेखि पुस ५ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भूटान र पाकिस्तानका महिला क्लब च्याम्पियन टिमहरू सहभागी छन्। प्रतियोगितामा कुल ११ खेल हुनेछन् भने प्रत्येक टोलीले लीग चरणमा ४ खेल खेल्ने तालिका रहेको एन्फाले जनाएको छ।
एसियन पेन्ट्सले प्रदान गरेको प्रोत्साहनले खेलाडीहरूको आत्मविश्वास अभिवृद्धि गर्न, सकारात्मक प्रतिस्पर्धा वातावरण सिर्जना गर्न तथा नेपालमा महिला फुटबलको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij