कुरिनटार : त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।गोरखाको शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका ५१ वर्षीय दीपक तिवारीको बुधबार उद्धार गरेको हो ।
मलामी गएका तिवारी करिब ५० मिटर उचाइको भिरबाट त्रिशूली नदीमा खसेका थिए ।सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन भइरहेको विपद् व्यवस्थापन तालिम प्रशिक्षार्थीहरूले रिभर रन अभ्यासको क्रममा तिवारी नदीमा खसेको देखेका थिए । तत्काल नदीभित्रबाट उनलाई उद्धार गरि सशस्त्र प्रहरी बल नेपाल ट्रमा सेन्टर कुरिनटारमा ल्याई आवश्यक उपचार पश्चात डिस्चार्ज गरिएको छ ।
उनलाई नदीमा खसेको दुई मिनेटमै उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij