Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चितवनमा खैरो हिरोइनसहित ८ जना पक्राउ

चितवनमा खैरो हिरोइनसहित ८ जना पक्राउ

चितवन :  चितवनमा प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित ८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० स्थित लाहुरे टोलबाट लागूऔषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा मंगलबार उनीहरुलाई पक्राउ परेका हो ।

उनीहरूलाई लागूऔषध सम्बन्धी कसूरमा आज चितवन जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३२ घर भई हाल भरतपुर–१० मा बस्दै आएका १९ वर्षीय अनवर अन्सारी, रहिफुल्ला मिया ठकुराई, प्रवेज अन्सारी, भरतपुर–४ स्थित त्रिचोक बस्ने २१ वर्षीय सरोज तामाङ, भरतपुर–१७ का २४ वर्षीय बसन नेपाली, भरतपुर–२१ का ३२ वर्षीय मनोज बिक, वीरगञ्ज–१ छप्कैया बस्ने २३ वर्षीया आयुषा खातुन र भरतपुर–२१ का ३६ वर्षीय भीमबहादुर तामाङ रहेका छन्।

उनीहरूको साथबाट १४२ ग्राम ६८ मिलिग्राम खैरो हिरोईन समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij