Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

गोलभेँडाको मूल्य ४६ प्रतिशतले घट्यो

गोलभेँडाको मूल्य ४६ प्रतिशतले घट्यो

काठमाडौँ : एक सातामा गोलभेँडाको मूल्य ४६ प्रतिशतसम्मले घटेको छ । कालीमाटी तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्य विवरण अनुसार गत बुधबार प्रतिकिलो ८० रुपैयाँ औसत मूल्य रहेको सानो लोकल गोलभेँडा आज ४२.६७ रुपैयाँ पुगेको छ ।

त्यस्तै नेपाली ठुलो गोलभेँडा पनि अघिल्लो साताको तुलनामा २८.५७ रुपैयाँले घटेको छ । यो गोलभेँडा गत बुधबार प्रतिकिलो १०५ रुपैयाँ पर्ने गरेकोमा आज ७५ रुपैयाँ औसत मूल्य कायम भएको छ ।

यस्तै भारतीय सानो गोलभेँडा पनि २८.५७ प्रतिशतले घटेको छ गत साता यो गोलभेँडा ७७ रुपैयाँ रहेकोमा आज ५५ रुपैयाँ औसत मूल्य कायम भएको छ । सानो तराई गोलभेँडा २३.९३ प्रतिशतले घटेर ७३.३३ औसत मूल्य कायम भएको छ ।

यस्तो छ गोलभेँडाको घटेको मूल्य :

image (6)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij