Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन ठप्प

वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन ठप्प

काठमाडौँ : सबैभन्दा कर उठाउने वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलन मंगलवार शून्यमा झरेको छ।भन्सार एजेन्टहरूले मंगलवार बिहानैदेखि ‘पेन डाउन’ (कागजी काम बन्द) गरी आन्दोलनमा उत्रिएपछि कार्यालयको राजस्व संकलन ठप्प भएको हो। भन्सार ऐन, २०८२ मा भएका केही प्रावधानको विरोध गर्दै भन्सार एजेन्ट महासंघ नेपालले देशव्यापी आन्दोलन शुरु गरेपछि वीरगञ्ज भन्सार कार्यालयको सम्पूर्ण गतिविधि अवरुद्ध भएको हो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले भन्सार एजेन्टहरूको काम बन्दका कारण राजस्व नउठेको जानकारी दिए। यसअघि आइतवारदेखि नै आन्दोलन शुरु भए पनि छलफल गरी कामकाजलाई निरन्तरता दिइएकोमा मंगलवार बिहानैदेखि महासंघले देशव्यापी आन्दोलन घोषणा गरेपछि समस्या आएको उनले बताए।

भन्सार एजेन्ट संघ, वीरगञ्जका अध्यक्ष राजमान तामाङले भन्सार ऐन, २०८२ को उपदफा ७१ को (झ) मा गरिएको व्यवस्था अव्यावहारिक रहेको भन्दै त्यसलाई हटाउन माग गरेका छन्।

उनका अनुसार उक्त उपदफा (झ) मा स–साना मानवीय त्रुटिका कारण घोषणा रकमको १० प्रतिशत जरिवाना भन्सार एजेन्टले तिर्नुपर्ने प्रावधान रहेको छ। उक्त व्यवस्था नहटाइएसम्म एजेन्टहरू काममा नफर्किने उनको भनाइ छ।

वीरगञ्जबाट भन्सार कार्यालयले मासिक साढे सत्र अर्ब रुपैयाँ र दैनिक ५७ करोड रुपैयाँभन्दा बढी राजस्व उठाउँछ। वीरगञ्ज भन्सार कार्यालयको आयात निर्यातमा आएको यो अवरोधलाई सरकारले छिटोभन्दा छिटो समाधान गर्न नसके देशभरका उपभोक्ताले यसको नकारात्मक प्रभाव व्यहोर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij