Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सोहन कन्स्ट्रक्सनले फिस्लिङ क्षेत्रमा विद्युत पोल नसार्दा सडक निर्माणमा ढिलाई

सोहन कन्स्ट्रक्सनले फिस्लिङ क्षेत्रमा विद्युत पोल नसार्दा सडक निर्माणमा ढिलाई

इच्छाकामना :  स्तरोन्नतिको काम चलीरहेको मुग्लिन-मलेखु सडक अन्तरगत फिस्लिङ क्षेत्रमा विद्युत पोलका कारण सडक निर्माण कार्यमा ढिलाई भएको छ । सो क्षेत्रमा विद्युत पोल नहटाउँदा नालीको काम रोकिदाँ सडक कालोपत्रको काम गर्न बाधा पुगेको आयोजनाले जनाएको छ । मुग्लिन-मलेखु सडक निर्माणको जिम्मा लिएको सगुन कन्स्ट्रक्सनका अनुसार चुम्लिङटार–फिस्लिङ ३ कि.मि.दुरिमा ३० वटा विद्युत पोलहरु नसार्दा नालीको काम गर्न ढिलाई भएको हो ।

सगुन कन्स्ट्रक्सनका इन्जिनियर ईश्वर नेपालले सम्बन्धित निकायसँग पटक पटक पोल हटाउँन आग्रह गर्दा पनि पोल हटाउँने काम नहुँदा काम गर्न ढिला भएको बताउँनुभयो । उहाँले भन्नुभयो,“ हामीले सम्बन्धित निकायलाई बारम्बार ताकेता गरेका छौँ, विद्युत पोल सार्ने काम अरु ठेकदारको हो । पोल सारेको भोली पल्टबाटै सो क्षेत्रमा काम थाल्ने उहाँको भनाई छ ।

विद्युत पोल सार्ने ठेक्का लिएका सोहन कन्स्ट्रक्सनका इन्जिनियर सञ्जय यादवले भने सम्झौताको म्याद सकिएकाले पुन : सम्झौताको चरणमै रहेकाले काम हुन नसकेको बताउँनुभयो । अबको दुुई हप्ता भित्र सम्झौता भई पोल सार्ने काम सुरु गरिने बताउँनुभयो ।

बजार क्षेत्रमा काम ढिलाई हुदाँ धुलो धुवाँले स्वास्थयमा असर परेकाले स्थानीयहरुले चाडोँ काम सम्पन्न गर्न माग गरेका  छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij