Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सशस्त्र प्रहरीको गोताखोरद्वारा नारायणी नदीबाट शवकोे उद्धार

सशस्त्र प्रहरीको गोताखोरद्वारा नारायणी नदीबाट शवकोे उद्धार

चितवन :  टिकटक बनाउने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका ५कुसुमघाटस्थित शिवमन्दिर नजिकै नारायणी नदीमा पानीभित्र डुबेको अवस्थामा फेला परेको हो ।

सोमबार साँझ टिकटक बनाउने क्रममा बेपत्ता भएका बैतडीका २१ बर्षिया तरुण भण्डारीको शवलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण हेक्वा आँपटारी चितवनको गोताखोर टोलीले पानीभित्र डुबेको अवस्थामा आज १२ : १५ बजे फेला पारी उद्धार गरिएको हो । गोताखोरले शवको उद्धार गरि प्रहरीलाई बुझाएको जनाएको छ । गोताखोरले खोजी गर्ने क्रममा बेपत्ता भएको स्थान नजिकै नदीभित्र भण्डारीको शव फेला पारेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij