Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चितवन उद्योग वाणिज्य संघमा दुइ दिने कर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी तालिम सम्पन्न

चितवन उद्योग वाणिज्य संघमा दुइ दिने कर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी तालिम सम्पन्न

चितवन: चितवनका उद्योगी व्यावसायीहरुको छाता संस्था चितवन उद्योग वाणिज्य संघले कर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी  २ दिने तालिम कार्यक्रम सोमबार सम्पन्न भएको छ । तालिम उद्योगी व्यवसायीहरुलाई आयकर (Tax) तथा अभिवृद्धि कर (Vat ) लगायत मिसम्याच एवम् करका नीतिहरुका बारेमा जानकारी गराउने उद्देश्य तालिमको आयोजना गरिएको हो । तालिम चितवन उद्योग वाणिज्य संघको आयोजना एवम् GIZ Nepal को प्राविधिक सहयोगमा मंसिर २१ र २२ गते चितवन उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम भएको हो ।

तालिमको उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले करसम्बद्ध झन्झटहरु जस्तै मिसम्याचमा पर्ने, ननफाईलर रहने,कर गणना,कर विवरण भर्ने, कर चुक्ता लिने,आय विवरण बुझाउने,जस्ता विषयमा व्यवसायीले भोगेको समस्याहरु निराकरणका तालिमको आयोजना गरिएको बताउनु भयो ।

WhatsApp Image 2025-12-07 at 12.06.48 PM1765188730.jpeg

कार्यक्रम उद्घाटन सत्रका प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत पूण्यविक्रम खड्काले आयकर तथा मूल्य अभिवृद्धि कर (Vat) जस्ता देशको आर्थिक संरचनाका आधारभूत स्तम्भहरूबारे महत्वपूर्ण प्रशिक्षण कार्यक्रम आयोजना गरेकोमा चितवन उद्योग वाणिज्य संघलाई धन्यबाद दिदैँ उहाँले कुनै पनि राष्ट्रको समृद्धि,विकास र सुशासन कर प्रणालीको पारदर्शिता तथा जनताको कर–प्रतिको सकारात्मक भावना विकास गर्न तालिमले सहयोग गर्नेमा विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा वोल्दै GIZ RSRSD का फिनानसियल म्यानेजमेन्ट एण्ड एडमिनिस्ट्रेशन एडभाईजर नविनलाल श्रेष्ठले चितवनका व्यवसायीहरुलाई कर, मु.अ. कर, मिसम्याच लगाएतका बारेमा जानकारी गराउन यस तालिमको लागि चितवन उद्योग वाणिज्य संघसँग सहकार्य गरेको बताउँदै आगमी दिनमा पनी सहकार्य गर्दै जाने बताउनुभएको थियो ।

दुई दिन सम्म चलेको तालिममा चितवन उद्योग वाणिज्य संघका राजश्व सल्लाहकार सिए विमान कार्की, सिए विकास तिवारी, सिए विशाल भट्टराई सिए कविता चौधरीले कार्यक्रमको मध्यस्तता गर्नु भएको तालिममा विभिन्न क्षेत्रमा उद्योगी व्यवसायी गरी ७० जनाको सहभागिता रहेको थियो ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमानकुमार श्रेष्ठको अध्यक्षता एवम् वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij