चितवन : घरको गारो भत्किएर चितवनमा एक बृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका १७ मनकामना टोलस्थित ८० वर्षिय मंगली सार्कीको आफ्नै घरको गारो भत्किएर च्यापिदा मृत्यु भएको हो ।रोले च्यापिएर गम्भिर घाइते भएकी सार्कीलाई आज दिउसो १२ः१५ बजे भरतपुर अस्पतालमा उपचारका लागि ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । शव पोष्टमाटमका लागि अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij