Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सन नेपाल लाइफ इन्स्योरेन्सको नारायणी क्षेत्र स्थित तीन शाखाको स्थान्तरण

सन नेपाल लाइफ इन्स्योरेन्सको नारायणी क्षेत्र स्थित तीन शाखाको स्थान्तरण

चितवन   : सेवा पहुँच विस्तार र ग्राहक अनुभव सुदृढ बनाउने रणनीतिअन्तर्गत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नारायणी क्षेत्र अन्तर्गत टाडि शाखा (रत्ननगर टाडि २) , भरतपुर शाखा (भरतपुर ३, शहिद चोक, नारायणघाट) र चनौली शाखा (भरतपुर १८) गरि तीन शाखालाई नयाँ तथा आधुनिक संरचनायुक्त स्थानमा स्थानान्तरण गरी औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नयाँ कार्यालयमार्फत कम्पनीले विद्यमान तथा नयाँ पोलिसी होल्डरलाई अझ छरितो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ।

स्थानान्तरण उद्घाटन समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, र प्रदेश प्रमुख ईश्वर बिकल सापकोटा, तथा सम्बन्धित शाखा प्रबन्धक तथा कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले सेवा सुविधालाई ग्राहकसम्म प्रभावकारी रूपमा पुर्‍याउन संरचनागत सुदृढीकरण अत्यावश्यक रहेको उल्लेख गर्दै शाखा स्थानान्तरण पहल ग्राहकमैत्री अभिमुखीकरणतर्फको महत्वपूर्ण कदम भएको बताए।

त्यसैगरी प्रमुख बजार अधिकृत गणेश चौलागाईले नयाँ स्थानका शाखामा छिटो सेवा, सुलभ काउंटर, डिजिटल अभिलेख प्रणाली तथा सहज ग्राहक मार्गदर्शन जस्ता संरचनात्मक सुधारले ग्राहक सन्तुष्टि बढाउने विश्वास व्यक्त गरे।

सन नेपाल लाइफ इन्स्योरेन्सले संस्थागत सेवा गुणस्तर, पारदर्शिता र ग्राहक हितलाई प्राथमिकतामा राख्दै देशभर सरोकारवालामैत्री सेवा विस्तारका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

हाल, सन नेपाल लाइफले देशभर १४८ शाखा तथा उप–शाखाबाट जीवन बीमा सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij