Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सनराइज MUN 2.0 सफलतापूर्वक सम्पन्न

सनराइज MUN 2.0 सफलतापूर्वक सम्पन्न

चितवन : सनराइज इङ्ग्लिस सेकेन्डरी स्कुलद्वारा आयोजित Sunrise MUN 2.0 तीनदिने अन्तर्राष्ट्रिय बहस सम्मेलन १०५ जना प्रतिनिधिहरूको सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ। विश्वका विभिन्न देशहरूको प्रतिनिधित्व गर्दै सहभागीहरूले तीन दिनसम्म बहस, कूटनीति, छलफल र नेतृत्व क्षमता प्रस्तुत गर्दै बिभिन्न मुद्दाहरूमा सक्रियतापूर्वक सहभागी भए।

कार्यक्रम पाँच वटा अलग–अलग समितिहरूमा सञ्चालन गरिएको थियो, जसमा निम्न एजेन्डाहरूमा छलफल गरिएको थियोः • ILO: अटोमेशन र ग्लोबलाइजेशनका चुनौतीहरू सामना गर्न श्रम नीतिहरू परिमार्जन गर्ने उपाय • UNHRC: डिजिटल युगमा युवाको मानसिक स्वास्थ्य संरक्षण • UN Women: डिजिटल माध्यमबाट तथा डिजिटल माध्यममा महिलामाथि हुने हिंसा • UNSC: लामो समयदेखि चल्दै आएका द्वन्द्वग्रस्त क्षेत्रहरूमा सशस्त्र गैर–राज्य पक्षहरूको प्रभाव कम गर्ने रणनीतिक उपाय • UNEP: प्लास्टिक प्रदूषण अन्त्यका लागि अन्तर्राष्ट्रिय कानुनी रूपमा बाध्यकारी संरचना तर्फ सम्पूर्ण समितिहरूमा प्रभावशाली छलफल भएको यस सम्मेलनमा सहभागी प्रतिनिधिहरूलाई बेस्ट डेलिगेट, आउटस्ट्यान्डिङ डेलिगेट र स्पेशल मेन्सन शीर्षकमा पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि प्राध्यापक डा. केशवराज चालिसे रहनुभयो भने समापन समारोहका प्रमुख अतिथि हेमराज शर्मा हुनुहुन्थ्यो।

पूरै कार्यक्रम सनराइज इंटरयाक्ट क्लबका अध्यक्ष श्री लोकन कार्कीको नेतृत्वमा सञ्चालन तथा श्री कृतज्ञ आचार्य को संयोजनमा भएको थियो, जसले Sunrise MUN 2.0 लाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेले। तीन दिनसम्म चलेको सनराइज MUN 2.0 ले युवाहरूलाई विश्वब्यापी सोच, कूटनीतिक संवाद, र जिम्मेवार नेतृत्वका मूल्यहरू सिकाउने प्रभावशाली मञ्च बनेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij