Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

नबिल बैंकद्वारा दोहोरो अंकको लाभांश घोषणा

नबिल बैंकद्वारा दोहोरो अंकको लाभांश घोषणा

काठमाडौं : नबिल बैंकको लाभांश घोषणा भएको छ । बैंकको शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को कारोबारमा आधारित नाफाबाट बैंकले सेयरधनीहरुलाई यस्तो लाभांश घोषणा गरेको हो ।

यस अनुसार बैंकले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्नेछ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण बैंकका कम्पनी सचिव भीष्म न्यौपानेले जनाएका छन् । हाल बैंकसँग २७ अर्ब ५ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ । घोषित दरमा लाभांश दिँदा ३ अर्ब ३८ करोड बराबरको लाभांश वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij