चितवन : सनराइज इङ्ग्लिस सेकेन्डरी स्कुलद्वारा आयोजित सनराइज MUN 2.0 तीनदिने अन्तर्राष्ट्रिय बहस सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। विश्वभरिका देशहरूको प्रतिनिधित्व गर्दै सहभागीहरूले बहस, कूटनीति, नेतृत्व तथा समाधानमुखी सोच प्रस्तुत गर्दै विभिन्न एजेन्डाहरूमा गहन छलफल गरेका थिए।छलफल तथा बहसमा १०५ जना प्रतिनिधिहरूको सक्रिय सहभागि रहेका थिए ।
कार्यक्रम पाँच अलग–अलग समितिहरूमा सञ्चालन गरिएको थियो । जसमा ILO: अटोमेशन र ग्लोबलाइजेशनका चुनौतीहरू सामना गर्न श्रम नीतिहरू परिमार्जन गर्ने उपाय, UNHRC: डिजिटल युगमा युवाको मानसिक स्वास्थ्य संरक्षण, UN Women: डिजिटल माध्यमबाट तथा डिजिटल माध्यममा महिलामाथि हुने हिंसा, UNSC: द्वन्द्वग्रस्त क्षेत्रहरूमा सशस्त्र गैर–राज्य पक्षहरूको प्रभाव कम गर्ने रणनीतिक उपाय र UNEP: प्लास्टिक प्रदूषण अन्त्यका लागि अन्तर्राष्ट्रिय कानुनी रूपमा बाध्यकारी संरचनासम्बन्धि बहस भएको आयोजकले जनाएको छ ।

तीन दिनसम्म चलेको सम्मेलनमा सबै समितिहरूमा प्रभावशाली छलफल भएको छ। उत्कृष्ट प्रदर्शन गर्ने प्रतिनिधिहरूलाई बेस्ट डेलिगेट, आउटस्ट्यान्डिङ डेलिगेट र स्पेशल मेन्सन शीर्षकमा पुरस्कृत गरिएको थियो। कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि प्रा. डा. केशवराज चालिसे तथा समापन समारोहका प्रमुख अतिथि हेमराज शर्माले युवाहरूको सक्रियता, कूटनीतिक संवाद क्षमता र विश्वब्यापी सोचको प्रशंसा गरेका थिए।
कार्यक्रम सनराइज इंटरयाक्ट क्लबका अध्यक्ष लोकन कार्कीको नेतृत्व तथा कृतज्ञ आचार्यको संयोजनमा सञ्चालन भएको थियो । Sunrise MUN 2.0 ले युवा पुस्तालाई अन्तर्राष्ट्रिय कूटनीति, समस्या समाधान, सहकार्य र जिम्मेवार नेतृत्वका मूल्यहरू सिकाउने प्रभावशाली मञ्च बनेको आयोजकले विश्वास व्यक्त गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij