Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

ईच्छाकामना उद्योग वाणिज्य संघको अध्यक्षमा कुमार श्रेष्ठ

ईच्छाकामना उद्योग वाणिज्य संघको अध्यक्षमा कुमार श्रेष्ठ

मुग्लिन,२० मंसिर : ईच्छाकामना उद्योग वाणिज्य संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित  हुनुभएको छ । शनिबार इच्छाकामना ५ मुग्लिनमा सम्पन्न दोश्रो अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

संघको उपाध्यक्षमा मणिरत्न शाक्य, सचिवमा चुडामणिा आले, सह–सचिवमा बिनोद शेरचन र कोषाध्यक्षमा रोहिणी प्रसाद त्रिपाठी  निर्वाचित हुनुभएको छ । सदस्यहरुमा बासु सिलवाल ,बिनोद श्रेष्ठ, बामदेव देवकोटा, बिष्णहरी पोख्रेल, शरद पोख्रेल, मुक्ति कुमार श्रेष्ठ , मीन बहादुर श्रेष्ठ, जुना राजभण्डारी र निर्मला श्रेष्ठ रहनुभएको छ ।

उद्योग वाािजय संघ चितवनका उपाध्यक्ष चिरिन्जिबी सुवेदीको प्रमुख आतिथ्य तथा ईच्छाकामना उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण गुभाजुको सभापतित्वमा अधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij