Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

राष्ट्र बैंकले सुनमा लगानी २८% बढायो, विदेशी मुद्रा सञ्चिति २९ खर्ब नाघ्यो

राष्ट्र बैंकले सुनमा लगानी २८% बढायो, विदेशी मुद्रा सञ्चिति २९ खर्ब नाघ्यो

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा विदेशी मुद्रा सञ्चिति उच्च भएकै कारण सुनमा (गोल्ड सर्टिफिकेट) लगानी उल्लेख्य रूपमा बढाएको छ। राष्ट्र बैंकले कात्तिक मसान्तसम्म थप ३३ अर्ब ५० करोड रुपैयाँबराबरको सुन प्रमाणपत्र किनेको छ।

गत असार मसान्तमा सुन प्रमाणपत्रमा १ खर्ब १८ अर्ब रुपैयाँ लगानी थियो भने अहिले यो बढेर १ खर्ब ५२ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। चार महिनामै लगानी २८% ले बढेको हो।

गत आवको कात्तिकसँग तुलना गर्दा सुन लगानी ७५% ले वृद्धि भएर एक वर्षमै राष्ट्र बैंकले ६५ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी सुन किनेको देखिन्छ।

किन बढ्यो सुनमा लगानी ?

  • विदेशी मुद्रा सञ्चिति अत्यधिक उच्च (२९ खर्ब ७९ अर्ब) पुगेको

  • आयातमा कमी, रेमिट्यान्समा वृद्धि

  • अतिरिक्त सञ्चिति ‘निष्क्रिय’ नराखेर प्रतिफल दिने क्षेत्रमा लगानी

  • जोखिम घटाउन पोर्टफोलियो विविधीकरण रणनीति

सहप्रवक्ता सुमन न्यौपानेका अनुसार आवश्यकभन्दा बढी सञ्चिति भएको हाँदातर्फ सुनजस्ता सुरक्षित उपकरणमा लगानी बढाइएको हो।

सञ्चिति १६.४ महिनाको आयात धान्न सक्षम

विदेशी मुद्रा सञ्चिति २९ खर्ब ७९ अर्ब पुगेपछि अहिले १६.४ महिनासम्मको वस्तु एवं सेवा आयात धान्न सकिने अवस्था बनेको राष्ट्र बैंकले जनाएको छ।

सुन–चाँदीमा कुल लगानी २ खर्ब १० अर्ब

गोल्ड सर्टिफिकेटसहित भौतिक सुनचाँदी तथा मौज्दात जोड्दा राष्ट्र बैंकको सुनमा कुल लगानी २ खर्ब १० अर्ब रुपैयाँ हाराहारी पुगेको छ। भौतिक मौज्दात भने स्थिर जति नै रहेको छ।

भौतिक सुन–चाँदीको मूल्य

  • कात्तिक मसान्त: ५५ अर्ब ४१ करोड

  • गत असार: ५५ अर्ब ४१ करोड (झिनो मात्र घटबढ)

त्यस्तै व्यापारीक मौज्दात भने १९ अर्बबाट घटेर १.९ अर्ब मा पुगेको छ।

सुनको मूल्यवृद्धिले कुल भ्यालु बढ्यो

अन्तर्राष्ट्रिय बजारमा सुन महँगो भएकाले कुल मूल्यांकन बढेको पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ।
असारको १ खर्ब १८ अर्ब भ्यालु कात्तिकमा १ खर्ब ५१ अर्ब पुगेको छ।

राष्ट्र बैंकको आम्दानीमा सुन–विदेशी लगानीको महत्वपूर्ण योगदान

राष्ट्र बैंकको आम्दानीको मुख्य आधार नै विदेशी मुद्रा सञ्चिति तथा सुनमा गरेको लगानी हो।
गत आवमा बैंकले सरकारलाई ४२ अर्ब रुपैयाँ नाफा हस्तान्तरण गरेको थियो।

कुल सम्पत्ति ३० खर्ब नाघ्यो

राष्ट्र बैंकको कात्तिक मसान्तसम्मको कुल सम्पत्ति

  • ३० खर्ब २९ अर्ब रुपैयाँ

गत असारमा यो २६ खर्ब ७१ अर्ब थियो।
विदेशी मुद्रा सम्पत्ति मात्र २९ खर्ब १५ अर्ब पुगेको छ।

मुद्रा निष्कासनका लागि सुन–विदेशी सम्पत्ति धितो

राष्ट्र बैंकले नोट छाप्दा सुन तथा विदेशी लगानी सम्पत्तिलाई धितो राख्छ। यो अन्तर्राष्ट्रिय रूपमा आवश्यक मानिने अभ्यास हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij