चितवन : पर्यटकीय क्षेत्र सौराहा घुम्न आएकी एक किशोरीको होटलको चौथो तलाबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की १८ वर्षीया स्नेहा पाख्रिनको बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
सिद्धबाबा प्लस टू म्यानेजमेन्ट गुरुकुलमा अध्ययनरत पाख्रिन विद्यालयको शैक्षिक भ्रमणका क्रममा साथीहरूसँग सौराहा गएकी थिइन्। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार उनी रत्ननगर–६ सौराहास्थित पार्क साइड होटलको चौथो तलाको झ्यालबाट राति करिब ११ बजे खसेकी थिइन्।
गम्भीर घाइते अवस्थाबाट उनलाई तत्काल रत्ननगर बकुलहर अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा राति ११:४५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ।
शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij