चितवन : गुरुकुल कलेजको ३० औँ वार्षीकोत्सवको पूर्वसन्ध्यामा आयोजित, कलेजको रजत वार्षीकोत्सवबाट थालनी गरिएको “जिल्लास्तरीय रनीङशील्ड अन्तरविद्यालय हाँजीरीजवाफ प्रतियोगिता” को को चौँथो (4th) संस्करण, सम्पन्न गरेको छ ।
उक्त प्रतियोगितामा जील्लाभित्रका ३३ विद्यालयहरूको सहभागीता रहेको थियो । - औपचारिक कार्यक्रमको सभापतित्व प्रतियोगिताका इभेन्ट म्यानेजरः कक्षा १२ का विद्यार्थी सौगात पोख्रेल - स्वागत मन्तव्यः सहप्राचार्य जे एन लामिछाने - शुभकामना मन्तव्यः प्राचार्य टिकाराम चापागाईँ - प्रतियोगिताका नियमहरूको जानकारीः विज्ञान कार्यक्रम संयोजक हरिहर भुसाल - Quiz master: कक्षा १२ का विद्यार्थीहरू रोशन रेग्मी र बजुद न्यौपाने
छनोट चरण अनलाईन प्ल्याटफर्म प्रयोग गरी गरीएको थियो, जसमा सहभागी मध्ये टप ८ ओटा विद्यालयहरूः नारायणी नमूना, डन एकेडेमी, स्काई राईडर, प्रेरणा, अर्कीड, जनप्रिय, होली भिजन र सगरमाथा आ मा बि छनोट भई सो भन्दा पछाडिका ६ ओटा उच्च अंक प्राप्त गरेकाविद्यालयहरूः सिराई सनराईज, एकता शिशु निकेतन, युनिक र न पा, कालीका संस्कारकुलम, पोलार स्टार, नारायणी पव्लिक स्कूललाई “fact or freeze” खेल खेलाई, त्यसमा उत्कृष्ट अंक प्राप्त गर्ने दुई स्कुलहरू, एकता शिशु निकेतन र पोलार स्टार आ मा वि ले “wild card entry” प्राप्त गरी, जम्मा १० ओटा स्कुलहरूले फाईनल राउण्ड खेलेका थिए ।
- प्रथम हुन सफलः स्काई राईडर आ मा वि
- द्वित्तीय हुन सफलः जनप्रीय आ मा वि
- तृतीय हुन सफलः एकता शिशु निकेतन
विजेता विद्यार्थीहरूले मङ्सीर १७ गते वार्षीकोत्सव समारोहमा जम्मा ६ लाख ८८ हजार ५०० बराबरको पुरस्कार प्राप्त गर्नेछन् । यसभन्दा अगाडिः पहिलो संस्करणमा एकता शिशु निकेतन, दोश्रो र तेश्रो संस्करणमा ईन्टरनेशनल आ मा वि विजेता बनेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij