पोखरा : तमु धिं नेपाल अन्तरगत गठित कास्की जिल्ला समितिको कार्यालयको सोमवार उद्घाटन गरिएको छ। तमु धिं नेपाल केन्द्रिय प्रसासनिक भानको माथिल्लो तल्लामा स्थापना गरिएको जिल्ला कार्यालयको कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले उद्घाटन गर्नुभएको हो।
कार्यक्रम उद्घाटन समारोहमा प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष गुरुङले सामुदायिक एकता, हित र अधिकारका लागि उद्घाटित कार्यालयबाट उदाहरणीय कार्यहरु हुने अपेक्षा गर्नुभयो। उहाँले तमु धिं नेपालका स्थापनाको ऐतिहासिकता, तमु एकता, अधिकार र संस्थागत जिम्मेवारीका बारेमा प्रष्ट पार्नुहुदै तमु धिं नेपालद्धारा आउदो पुस १४ देखि १६ गतेसम्म पोखरा १ बगर, पुरानोटुंडिखेलमा आयोजना गरिने तमु ल्होछार महोत्सव २०८२ भव्य बनाउन सबै जुट्न आग्रह समेत गर्नुृभयो।
तमु धिं नेपाल कास्की जिल्ला समितिका अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्याङजा जिल्ला अध्यक्ष बालकुमार गुरुङ, पर्वत जिल्ला अध्यक्ष प्रभु गुरुङ, माछापुच्छ्र्र्रेगाँउपालिका अध्यक्ष दुर्गाबहादुर गुरुङ, केन्द्रीय आमा समिति अध्यक्ष पवित्रादेवी गुरुङ, केन्द्रिय युवा समिति उपाध्यक्ष सुदर्शन गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने स्वागत कास्कीका उपाध्यक्ष यज्ञप्रसाद गुरुङ र संचालन रेशु गुरुङले गर्नुभएको थियो।
यसै विच कास्की जिल्लाले नवउद्घाटित कार्यालय मा तमु ल्होछार महोत्सवको तयारी बारे बैठक सम्पन्न गरेको छ भने स्याङजा र पर्वतले पनि ल्होछार मनाउने साथै महोत्सवको बारे तयारी गरेको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij