काठमाडौँ : सरकारले प्रत्येक वर्ष भाद्र २३ गते जेनजी सहिद दिवस मनाउने निर्णय गरेको छ।सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा मृत्यु भएका सहिदहरूको सम्झनामा उक्त दिवस मनाउने निणय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
बैठकले जेनजी आन्दोलनका क्रममा सहिद परिवारका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरी, अविवाहित छोरालाई गृह मन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ।
बैठकले आगामी माघ १ गतेदेखि एक पटकमा पाँच लाख रुपैयाँ वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैङ्किङ उपकरणबाट गर्नुपर्ने गरी सीमा निर्धारण गरेको छ।
त्यस्तै बैठकले बाढी पहिरो प्रभावित श्रीलंकालाई सरकारका तर्फबाट सहायता स्वरूप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय पनि गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij