Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

सरकारले खारेज गरेको भूमि आयोग सर्वोच्चले ब्युँतायो

सरकारले खारेज गरेको भूमि आयोग सर्वोच्चले ब्युँतायो

काठमाडौँ : सरकारले खारेज गरेको भूमि समस्या समाधान आयोग सर्वोच्च अदालतले ब्युँताएको छ। सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले भूमि आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिट जारी गर्दै सरकारको निर्णय बदर गरेको हो।

यसअघि सरकारले भूमि आयोग र त्यसको जिल्ला संरचना खारेज गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध गत कात्तिक ९ गते सर्वोच्चमा रिट परेको थियो।

उक्त रिटमा सर्वोच्चले पहिले अल्पकालीन अन्तरिम आदेश र अहिले अन्तरिम आदेश जारी गरेको थियो।मन्त्रिपरिषद्ले असोज २३ गते भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट