सुर्खेत : कर्णाली प्रदेशका सामाजिक विकास पूर्वमन्त्री तथा कांग्रेसका नेता यज्ञबहादुर विसीको निधन भएको छ । ७१ वर्षीय विसीको सोमबार उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा निधन भएको हो ।
विसी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । उनी पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–६ ब्यूरेनी स्थायी बासिन्दा हुन् कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विसीको निधनमा दुःख व्यक्त गरेका छन् ।
कँडेलले भनेका छन्, ‘कर्णाली प्रदेश सरकारका पूर्व सामाजिक विकासमन्त्री, अग्रज राजनितिज्ञ श्री यज्ञबहादुर विसीको उपचारको क्रममा भएको असामयिक निधनको खबरले अत्यन्त दुःख लागेको छ, यस दुःखद् घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij