Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

८ जनाविरुद्ध अख्तियारले चलायो भ्रष्टाचार मुद्दा

८ जनाविरुद्ध अख्तियारले चलायो भ्रष्टाचार मुद्दा

काठमाडौँ : कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनशोभा बुढा, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, वडा नम्बर ७ का तत्कालीन वडा अध्यक्ष दलबहादुर विश्वकर्मासहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार नरहरिनाथ गाउँपालिका–७ स्थित आडिखोला सिँचाइ कुलो निर्माणमा अनियमितता भएको पाइएपछि उनीहरूविरुद्ध आरोपपत्र दायर गरिएको हो ।

सम्झौता अनुसार ९३० मिटर लामो पक्की कुलो निर्माण गर्नुपर्नेमा ३५४ मिटर लम्बाइको कुलो निर्माण गरी ७३० मिटर लम्बाइको कुलो निर्माण भएको भनी लिखत तयार गरी सोही बमोजिम १९ लाख ४८ हजार ४८८ रुपैयाँ १४ पैसा रकम भुक्तानी गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगले सो पालिकाका तत्कालीन सव इन्जिनियरहरू अमर शाही र अनिलकुमार बिस्ट, उपभोक्ता समितिका अध्यक्ष नरेश बहादुर शाही, सचिव कासी विश्वकर्मा र कोषाध्यक्ष मधु विश्वकर्माविरुद्ध पनि अभियोगपत्र दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट