Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

लगानी प्रवद्र्धन तथा सुरक्षाको प्रत्याभूूति नीति आवश्यक : चेम्बर अध्यक्ष अग्रवाल

लगानी प्रवद्र्धन तथा सुरक्षाको प्रत्याभूूति नीति आवश्यक : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले निजी क्षेत्रको मनोबल उकास्नका लागि लगानी प्रवद्र्धन तथा सुुरक्षाको प्रत्याभूति नीति आवश्यक रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज सेजनको २९ औं वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले लामो समयदेखि शिथिल अर्थतन्त्रबाट प्रभावित उद्यमी व्यवसायीहरुलाई सहजता प्रदान गर्न लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष अग्रवालले भन्नुुभयो, ‘लगानीमैत्री वातावरण निर्माणका लािग पहिलो आवश्यक्ता सुरक्षाको प्रत्याभूूति नै हो ।’ स्वदेशी लगानीकर्ताको मनोवल उकास्न सरकारले अविलम्व लगानी प्रवद्र्धन तथा सुरक्षाको प्रत्याभूति हुने गरी नीतिगत व्यवस्था गर्नुुपर्दछ ।

विदेशी लगानीकर्ताहरुको सुरक्षाको प्रत्याभूतिका लागि दुईपक्षीय लगानी प्रवद्र्धन तथा सुरक्षा सम्झौता गरिएजस्तै आन्तरिक लगानी प्रवद्र्धनका लागि पनि ठोस नीतिगत व्यवस्था हुनुपर्ने अध्यक्ष अग्रवालको भनाई छ ।

लगानी वातावरण, रोजगारी श्रृजना, राजश्व संकलन, वित्तीय स्थिरता लगायतका आर्थिक चुनौतीहरु मुलुकले भोगिरहेको अध्यक्ष अग्रवाले बताउनुभयो । करिव ६ वर्षदेखि नै कोभिड १९ को प्रभाव र त्यसपछिको अर्थतन्त्रको कुशल व्यवस्थापन हुन नसक्दा अर्थतन्त्र शिथिलताबाटै गुज्रिरहेको उहा“को भनाई छ ।

उहाले भन्नुुभयो,‘ अपार प्राकृतिक श्रोतहरुले भरिपूर्ण हाम्रो देशमा लगानीमैत्री आर्थिक नीतिहरुको अभावले आर्थिक समृद्धि हासिल गर्नु त परै जावस आफ्नो युवा जनशक्तिका लागि रोजगारी समेत श्रृजना हुन सकेको छैन, ।’

विगतका संकुचित र अव्यवहारिक मौद्रिक नीतिहरुका कारण पछिल्लो ४ वर्षमा १ लाख ५० हजार भन्दा बढी उद्यमी व्यवसायीहरु कर्जा कालोसूूचीमा परेको अध्यक्ष अग्रवालले बताउनुभयो । लामो समय देखि शिथिल अर्थतन्त्रबाट प्रभावित उद्यमी व्यवसायीहरुलाई लागि सहजता प्रदान गर्न नेपाल राष्ट्रबैंकद्धारा जारी चालुपूँजि कर्जा निर्देशिकालाई खारेज गर्नुपर्ने अध्यक्ष अग्रवाललको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij