Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

नेपालको मौसमी प्रणालीमा ‘दित्वा’ चक्रवातको आंशिक प्रभाव, वर्षाको सम्भावना कम

नेपालको मौसमी प्रणालीमा ‘दित्वा’ चक्रवातको आंशिक प्रभाव, वर्षाको सम्भावना कम

काठमाण्डौ :  नेपालको मौसम प्रणालीमा अहिले दक्षिण–पश्चिम बंगालको खाडीमा बिकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यही प्रभावको कारण आकाशमा बादल देखिएको मौसमविदको भनाइ छ । दित्वा चक्रवातको प्रभाव रहे पनि वर्षाको सम्भावना भने कम रहेको मौसमविदले बताएका छन् ।

आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

यस्तै आज राति कोशी र मधेश प्रदेशमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट