Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

भरुवा बन्दुकसहित पाल्पाबाट १ जना पक्राउ

भरुवा बन्दुकसहित पाल्पाबाट १ जना पक्राउ

काठमाडौँ : प्रहरीले पाल्पाको तानसेनबाट भरुवा बन्दुकसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६४ वर्षीय शालिकराम रेग्मी छन् । तानसेन नगरपालिका–१३ स्थित केराबारी घर भएका उनलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीले उनको साथबाट एउटा भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले उनको घर सर्च गर्दा बन्दु भेटिएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट