Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

१९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव पुस ११–१३ गते हुने

१९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव पुस ११–१३ गते हुने

सौराहा, चितवन : सौराहामा क्षेत्रीय होटल संघ नेपाल चितवनले आज (आइतबार) पत्रकार सम्मेलन गरी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको जानकारी दिएको छ। महोत्सव बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा आयोजना हुनेछ।

होटल संघका अध्यक्ष ओमप्रकाश पाण्डेका अनुसार, महोत्सवमा करिब ८० वटा हात्ती सहभागी हुनेछन्। तीन दिनसम्म चल्ने महोत्सवमा करिब ७० हात्तीले शोभा यात्रा निकाल्ने र हात्ती श्रृंगार प्रतियोगिता हुने जनाइएको छ। त्यस्तै, हात्ती वनभोज, हात्ती स्वास्थ्य शिविर, हात्तीको दिनचर्या सम्बन्धी जानकारी, पालिका स्तरिय डुंगा दौड प्रतियोगिता र अन्य हात्तीमैत्री कार्यक्रमहरू आयोजना गरिनेछन्।

कार्यक्रम संयोजक गुणराज थपलियाका अनुसार, महोत्सवमा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, महिला उद्यमी र स्थानीय कृषि उत्पादनको प्रवद्र्धन पनि गरिनेछ। महोत्सवको कारण सौराहामा प्रत्येक वर्ष पर्यटकको आगमन करिब २५–३० प्रतिशतले बढ्ने गरेको जानकारी दिइयो। यस वर्ष होटल र रेष्टुरेन्टमा खाना र आवासमा १० प्रतिशत छुट पनि उपलब्ध गराइने छ।

महोत्सवका प्रवद्र्धकमा संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेश, चितवन राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र पर्यटन कार्यालय सौराहा रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij