Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

सिन्धुलीमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार एकजनाको मृत्यु, एकजना घाइते

सिन्धुलीमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार एकजनाको मृत्यु, एकजना घाइते

काठमाडौं : मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका २ गागनमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । पोखराबाट कटारितर्फ जाँदै गरेको बा ३ ख ७४६२ नम्बरको बस र डकाहाबाट झुङातर्फ जाँदै गरेको ज ८ प ८१६४ नम्बरको मोटरसाइकल आज आइतबार बिहान करिब ३:२० बजे ठोक्किएका थिए ।

दुर्घटनामा सिन्धुलीको दुधौली नगरपालिका ३ बस्ने २५ वर्षीय महेश कुमरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई दुर्घटनास्थलबाट उद्धार गरेर उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली पठाइएकोमा चिकित्सकले आज बिहान ४ बजेतिर मृत घोषणा गरेका थिए ।

सोही दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका १४ चन्दनपुर बस्ने अन्दाजी २५ वर्षीय दिपेश कुमर गम्भीर घाइते भएका छन् । उनलाई दुधौली नगर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि आज बिहान ६:५५ बजे थप उपचारका लागि बिराटनगरतर्फ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट