Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

चार संस्थान निजीकरण: लगानी व्यवस्थापन मूल्याङ्कनका लागि तीन कम्पनी योग्य

चार संस्थान निजीकरण: लगानी व्यवस्थापन मूल्याङ्कनका लागि तीन कम्पनी योग्य

काठमाडौँ : चारवटा सार्वजनिक संस्थाको लगानी व्यवस्थापन मूल्याङ्कनका लागि तीनवटा कम्पनी प्राविधिक रूपमा योग्य भएका छन् । अर्थ मन्त्रालयले सार्वजनिक संस्थानको निजीकरण प्रयोजनका लागि संस्थानको मूल्याङ्कन गर्न साउन २० गते आह्वान गरेको बोलपत्रमा आवेदन दिएकामध्ये ती मूल्याङ्कनकर्ताहरू योग्य भएका हुन् ।

मन्त्रालयले नेपाल मेटल कम्पनी लि., नेपाल ओरियन्ट म्याग्नेसाइट प्रा.लि., बुटवल धागो कारखाना लि. र जनकपुर चुरोट कारखाना लि.को निजीकरणको लागि प्रस्ताव आह्वान गरेको थियो । यसमध्ये एसएण्डएस पीजेपीएन जेभीए सबै संस्थानको मूल्यांकनको लागि योग्य देखिएको छ । ओरियन्ट म्याग्नेसाइट र बुटवल धागो कारखानाका लागि सोही कम्पनी एकल रूपमा सफल भएको छ ।

मेटल कम्पनी र जनकपुर चुरोट कारखानाका लागि भने एक एक वटा थप बोलपत्रदाता योग्य देखिएका छन् । मेटल कम्पनीमा जिन एण्ड एसोसिएट्स र जनकपुर चुरोटका लागि एस. सुवेदी एण्ड एसोसिएट्स योग्य देखिएका हुन् । यीमध्ये अब योग्य आवेदकको आर्थिक प्रस्ताव आगामी आइतबार (मंसिर २१ गते) खोलिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij