काठमाडौँ : चिसो मौसम बढेसँगै बजारमा खाना पकाउने (एलपी) ग्यासको खपत बढ्न थालेको छ। एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले पाँच देखि १० प्रतिशत ग्यासको खपत बढेको जानकारी दिए। आइतबारको गोरखापत्र दैनिकमा समाचार छ,तीन/चार वर्षअघि जाडोयाम ग्यासको खपत १५ देखि २० प्रतिशतसम्म बढ्ने गरेको श्रेष्ठले बताए। औद्योगिक क्षेत्र पूर्ण रूपमा सञ्चालन हुन नसक्दा ग्यासको खपत विगतको जस्तो आकारमा भने नबढेको उनले बताए।
चिसो मौसममा खाना पकाउनुका साथै ग्यास गिजरको प्रयोगले पनि यसको खपत बढ्छ। ग्यासभन्दा बिजुली सस्तो पर्ने हुँदा विद्युतीय चुलोको प्रयोग बढ्दै छ तर बिजुली जाने समस्याले ग्यासको घरायसी खपत घटेको छैन। नेपाल आयल निगमका अनुसार बजारमा ग्यासको आयात नियमित आयात भइरहेकाले छ।
आपूर्ति नियमित भइरहेकाले पर्याप्त मात्रामा ग्यासको मौज्दात रहेको व्यवसायीको भनाइ छ। ७० प्रतिशत ग्यास घरायसी र ३० प्रतिशत औद्योगिक प्रयोजनमा खपत हुने गर्छ। होटेल तथा रेस्टुरेन्ट सुस्त गतिमा चल्दा ग्यासको खपत स्वाभाविक रूपमा नबढेको व्यवसायी बताउँछन्। निगमले मासिक ४५ हजार मेट्रिक टन ग्यासको कोटा निर्धारण गरेको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२र८३ को चार महिनामा (साउन-कात्तिक) १८ अर्ब ८३ करोड ६१ लाख रुपैयाँ बराबरको एक लाख ८२ हजार ११६ मेट्रिक टन ग्यास आयात भएको छ। संघका अनुसार बजारमा एक करोड ५७ लाख थान सिलिण्डर रहेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij