Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि चितवनबाट सर्वसम्मत प्रतिनिधि छनौट

नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि चितवनबाट सर्वसम्मत प्रतिनिधि छनौट

चितवन :  नेकपा (एमाले) को ११औँ महाधिवेशनका निम्ति चितवनबाट प्रतिनिधि सर्वसम्मत छनौट भएका छन् । क्षेत्र नम्वर १ बाट खुल्लातर्फ कमलराज पाठक, यादबप्रसाद पाठक, गोविन्द प्रसाद कँडेल र जगन्नाथ आचार्य चयन भएका छन । यस्तै महिलातर्फ चन्द्रादेवी तामाङ, शान्ति चौधरी र विमला दुवाडी प्रतिनिधि चयन भएका छन । क्षेत्र नम्वर १ बाट युवातर्फ उत्तम सेढाई प्रतिनिधि चयन भएका छन् । । यस्तैे चितवन क्षेत्र नम्वर २ बाट खुल्लातर्फ डा.तिलचन्द्र भट्टराई, तेजेन्द्र खड्का, शंकर अधिकारी, केशव लामा र पदमपाणि सुवेदी तथा महिला तर्फ बिमला लामा, इच्छा त्रिपाठी र गीता श्रेष्ठ प्रतिनिधि चयन भएका छन । चितवन क्षेत्र नम्वर २ बाट युवा तर्फ प्रकाश आचार्य प्रतिनिधि चयन भएको नेकपा एमाले चितवनले जनाएको छ ।

यस्तै क्षेत्र नम्वर ३ बाट खुल्लातर्फ रामप्रसाद न्यौपाने, प्रकाश ढुंगाना र कृष्णप्रसाद भुर्तेल, महिलातर्फ सरस्वती बिष्ट र निशा अधिकारी तथा युवातर्फ प्रकाश भट्ट प्रतिनिधि चयन भएका छन । यस्तै उत्पीडित कलष्टरबाट श्यामलाल बिक सर्वसम्मत प्रतिनिधि छनोट भएको एमाले चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij