काठमाडौँ : पोखरामा अवतरणका क्रममा बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ।काठमाडौँबाट पोखरा गएको जहाज अवतरण गर्न लाग्दा चरा ठोक्किएको हो।
बुद्ध एयरले अपराह्न ३: ४५ बजे चरा ठोक्किएको पुष्टि गरेको छ। उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका जनाइएको छ। जहाजलाई पोखरास्थित प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जानकारी गराएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij