कास्की : कास्कीको पोखरामा दाइँ महोत्सव भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १९ को पुरुञ्चौरमा रहेको चुरुङ्गा फाँटमा दोस्रो दाइँ महोत्सव भएको हो ।हरेक वर्ष रोपाइँ महोत्सव हुँदै आएको पोखरामा धान थन्क्याउने परम्परागत सीप प्रदर्शनसँगै पर्यटन प्रवद्र्धन गर्न गएको वर्षदेखि दाइँ महोत्सव आयोजना गर्न थालेको आयोजक पोखरा पर्यटन परिषदले जनाएको छ । परम्परागत कृषि प्रणाली जोगाउँदै पर्यटनको प्रवर्द्धन गर्न महोत्सवले सघाउने अपेक्षा छ । पोखरा महानगरका मेयर धनराज आचार्यले कुन्युको जुरो खोलेर शुरू गरेको महोत्सवमा पाँच हल गोरुले दाइँ गरिएको छ ।
स्थानीय कृषकहरुको मनोबल उच्च बनाउन पाँच सय मुरी, सय मुरी र ९८ मुरी धान उत्पादन गर्ने उत्कृष्ट किसानहरूलाई विशेष सम्मान गरिएको छ । यस्तै उत्कृष्ट गोरुपालक प्रतियोगिता, धान चुट्ने, परालको भारी बाध्ने, गुन्द्री बुन्ने लगायतका प्रतियोगिता पनि सम्पन्न भएका छन् । कार्यक्रममा पाहुनाहरुलाई परम्परागत खाजा सेल, तरकारी दिइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij