चितवन : ‘चौथो गैंडाकोट महोत्सव २०८२’ आगामी पुस २५ देखि माघ १० गतेसम्म नारायणी नदी किनार, गैंडाकोट–२ मा हुने भएको छ । स्थानीय उत्पादन तथा व्यवसायलाई चलायमान बनाउने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको हो । उद्योग वाणिज्य संघ गैंडाकोटको आयोजनामा हुने महोत्सवमा गैंडाकोटलाई उद्योग, व्यापार र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखिने महोत्सव संयोजक छविलाल कँडेलले जानकारी दिए ।
१५ दिनसम्म चल्ने महोत्सवले जेनजी आन्दोलनपछि निजी क्षेत्रमा परेको प्रभावलाई उत्थान गर्नका लागि विशेष भूमिका निर्वाह गर्ने कँडेलले बताए । विगतका महोत्सवले पनि यस क्षेत्रको आर्थिक, सामाजिक क्षेत्रलाई प्रर्वद्धन गरेकोले यसवर्ष पनि निरन्तरता दिन लागिएको उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताए ।
महोत्सवमा करीब २५० स्टल रहनेछ भने करीब २ लाख दर्शकको उपस्थिति र लगभग २५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा आयोजकको छ । महोत्सवमा अटोमोबाइल, बैंक–वित्त, इलेक्ट्रोनिक्स, निर्माण सामग्री, कृषि–जडीबुटी, हस्तकला, कपडा, जुत्ता–चप्पल लगायतका सामग्रीको प्रदर्शनी तथा विक्री हुनेछ । बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरूको समेत सहभागिता रहने बताइएको छ । सांस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकारको प्रस्तुति, फेशन शो, बाल उद्यान, जल–मनोरञ्जन तथा विविध आकर्षण समेत रहने कार्यक्रम संयोजक कँडेलले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij