Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

गोरखामा सुन्तला बिक्रीमा चहलपहल, किसानको आम्दानी बढ्यो

गोरखामा सुन्तला बिक्रीमा चहलपहल, किसानको आम्दानी बढ्यो

सुलीकोट : गोरखा जिल्लामा सुन्तला पाक्ने मौसम सुरु भएसँगै खरीद–बिक्रीमा सक्रियता बढेको छ। यस वर्ष उत्पादन राम्रो भएकाले काठमाडौँ र चितवनका व्यापारीहरू बारी–बारीमै पुगेर फल हेरेर मूल्य तय गरी सम्झौता गर्दै लैजाने गरेका छन्।

गोरखा नगरपालिका, शहिद लखन गाउँपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिका क्षेत्रका बारीमा व्यापारीहरूको चहलपहल तीव्र छ। गोरखा–४ फिनामका किसान अर्जुन प्रताप राणका अनुसार, उपयुक्त मौसम र पर्याप्त पानीका कारण यस वर्षका सुन्तलाका दाना ठूला, रसिला र गुणस्तरीय छन्।

राणले भने, “गत वर्ष रोगका कारण धेरै फल खेर गएको थियो। तर यस वर्ष उत्पादन राम्रो भएकोले व्यापारीहरू बारीमै आएर लगेका छन्, त्यसैले किसानले घरमै बसेर राम्रो आम्दानी गरिरहेका छन्।” पालुङटार–८ का रामबहादुर आलेका अनुसार, किसानहरूले घरमै बसेर १०–३० लाखसम्म आम्दानी गर्न सकिरहेका छन्।

स्थानीय किसानहरूले सुन्तलाको स्वाद र गुणस्तरका कारण माग देशभर बढिरहेको बताए। काठमाडौँका व्यापारी यामलाल अधिकारीले भने, “गोरखाको सुन्तला मिठो र ताजा हुन्छ, छिट्टै बजार पुर्‍याउन सकिन्छ। त्यसैले माग उच्च छ।” यस वर्ष किसानहरूको अपेक्षित आम्दानी गत वर्षभन्दा वृद्धि भएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij