Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

स्कुटर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

स्कुटर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

भरतपुर : भरतपुर महानगरपालिका–७ नारायणपुर चोकमा स्कुटर (बा ९९ प ६५२२) र मोटरसाइकल (ना ४४ प ७०२) एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । दुर्घटनामा स्कुटर चालक सोलुखुम्बु थुलुङ गाउँपालिका–९ घर भई हाल भरतपुर–२३ बस्ने ३८ वर्षीय दासोना शेर्पा र मोटरसाइकल चालक भरतपुर–५ का २६ वर्षीय सफल तामाङ घाइते भएको प्रहरीले जानकारी दिएको छ।

उनीहरू दुवैको उपचार भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न दुबै सवारीसाधन प्रहरी नियन्त्रणमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij