Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

सुनको भाउ घट्यो, चाँदी बढ्यो

सुनको भाउ घट्यो, चाँदी बढ्यो

काठमाडौं : बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन ९ सय रुपैयाँ बढेको थियो । यस दिन नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४८ हजार ८ सय रुपैयाँ थियो ।

विगत एक सातामा तोलामा ५ हजार ४ सय रुपैयाँले सुनको भाउ बढेको छ । गत बिहीबार २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ आज बढेको छ । चाँदी प्रतितोला ६० रुपैयाँ बढेको हो । महासंघले अघिल्लो दिन प्रतितोला मूल्य ३२२० रुपैयाँ तय गरेकोमा आज ३२८० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij