Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

मौलाकाली केवलकार दुई महिनापछि पुनः सञ्चालन

मौलाकाली केवलकार दुई महिनापछि पुनः सञ्चालन

पूर्वी नवलपरासी : पूर्वी नवलपरासीको गैडाकोटमा अवस्थित मौलाकाली केवलकार शनिवार देखि पुनः संचालनमा आएको छ । गत भदौ २५ गतेदेखि बन्द रहेको केवलकारको सेवा दुई महिनाभन्दा लामो समय पछि पुनः सूचारु भएको हो ।

भदौ २४ गतेको जेन-जी आन्दोलमा तोडफोड र आगजनीका कारण केवलकारको बटम स्टेशनमा रहेका कार्यालय भवन फर्निचर लगायत प्राविधिक उपकरणहरु क्षति ग्रस्त भएपछि केवलकारको सेवा बन्द भएको थियो । केवलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरबाट सामान सहितका प्राविधिकहरु आई केवलकार पुनर्निर्माण गरेका हुन् .।

पुनर्निर्माण पछि पनि डोपलमायरका दक्ष प्राविधिक इन्जिनियरको टिमले लामो समय चेकजाँच गरेपछि केवलकार संचालनमा आएको मौलाकाली केवलकारका स्टेशन म्यानेजर सुरज पौडेलले बताउनुभयो ।

केवलकारको सेवा अवरुद्ध हुँदा मौलाकालिका मन्दिरमा आउने भक्तजनको संख्यामा समेत उल्लेख्य गिरावट आएको पाइएको छ

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij