Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

नेपालगन्ज नाकाबाट चार महिनामा २४ अर्बभन्दा बढी व्यापार

नेपालगन्ज नाकाबाट चार महिनामा २४ अर्बभन्दा बढी व्यापार

नेपालगन्ज  : पश्चिम नेपालका प्रमुख नाकाहरूमध्ये पर्ने नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२/०८३ को चार महिनामा २४ अर्ब ५७ करोड ६३ लाख ७२ हजार रुपैयाँको व्यापार भएको छ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार यस अवधिमा २३ अर्ब ८० करोड ३५ लाख २६ हजार रुपैयाँको आयात र ७७ करोड २८ लाख ४६ हजार रुपैयाँको निर्यात भएको हो।

भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले गत आर्थिक वर्षको तुलनामा कारोबार करिब दुई अर्ब रुपैयाँले बढेको बताउनुभयो। गत आव २०८१/०८२ मा नेपालगन्ज नाकाबाट २२ अर्ब ६३ करोड २७ लाख ९७ हजार रुपैयाँको व्यापार भएको थियो।

तर, कारोबार बढ्दा पनि राजस्व सङ्कलन भने घटेको छ। चालु आर्थिक वर्षको चार महिनामा ६ अर्ब १ करोड ३४ लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ भने गत आवको समान अवधिमा ६ अर्ब ७ करोड ५६ लाख ३० हजार रुपैयाँ सङ्कलन भएको थियो।

नेपालगन्ज भन्सार कार्यालयले भदौ महिनामा भएको जेनजी आन्दोलनका कारण केही दिन राजस्व सङ्कलन प्रभावित भएकोले चालु आवमा अलिकति कमी देखिएको बताएको छ।

मासिक राजस्व सङ्कलन विवरण अनुसार:

  • साउन: गत आव १ अर्ब ५० करोड ३८ लाख ३४ हजार, चालु आव १ अर्ब ३८ करोड ३७ लाख ८४ हजार

  • भदौ: गत आव १ अर्ब ४९ करोड ५ लाख २० हजार, चालु आव १ अर्ब ३५ करोड १० लाख ९ हजार

  • असोज: गत आव १ अर्ब ४१ करोड २९ लाख ४२ हजार, चालु आव १ अर्ब ७४ करोड १६ लाख ५ हजार

  • कात्तिक: गत आव १ अर्ब ६६ करोड ८३ लाख ७ हजार, चालु आव १ अर्ब ५३ करोड ७० लाख ८२ हजार

पौडेलका अनुसार, व्यापार वृद्धि सकारात्मक भए पनि भन्सार राजस्वमा असन्तुलन हुनु केही चुनौतीपूर्ण विषय हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij