Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवनबाट फरार रहेका एक जना कैदी पक्राउ

चितवनबाट फरार रहेका एक जना कैदी पक्राउ

चितवन : जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए ।

सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी थिए । प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबार पक्राउ गरेको जनाएको छ । चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै घरमा आएर लुकिछिपी बस्दै आएका थिए ।

पक्राउपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएका सुब्बालाई चितवन कारागारमा पठाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij