चितवन,७ मङ्सिर : चितवनमा बलेरो दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नागरपालिका ११ सिद्धि कल्याण चौरस्थित भित्री सडक खण्डमा सिद्धिबाट कल्याणचौर तर्फ जाँदै गरेको बा १८च८९७३नम्बरको बलेरो शनिबार राती १० : ३० बजेको समयमा आफै अनियन्त्रित भई दुर्घटना हुदाँ चालक खैरहनी नगरपालिका ४ का राममणी न्यौपानेको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते न्यौपानेको उपचारको लागि भरतपुर अस्पतालमा पु¥याउँदा राती १२ : १५ बजे चिकित्सकले मृत घोषणा गरेको कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक रबीन्द्र खनालले जानकारी दिनुभयो ।
बलेरो सडक देखि अंन्दाजी १५० मिटर तल खसी दुर्घना भएको हो । बलेरोमा चालक न्यौपाने मात्र सवार रहेको सुचना अधिकारी खनालले बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij