Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा तथा राष्ट्रिय सभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले राजनीतिक स्थिरता र मुलुकलाई निकास दिन चुनाव नै एकमात्र उपाय भएको निष्कर्ष निकाल्दै निर्वाचन प्रक्रियामा सहभागी हुने निर्णय गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भइसकेको छ। मुलुकलाई निकास दिन निर्वाचन अपरिहार्य भएकाले कांग्रेस चुनावमा सहभागी हुनेछ।’

उनका अनुसार कांग्रेसले चुनाव तयारी अगाडि बढाउँदै प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट