Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

मंसिरमै विशेष महाधिवेशन आवश्यक : कांग्रेस महामन्त्री गगन थापा

मंसिरमै विशेष महाधिवेशन आवश्यक : कांग्रेस महामन्त्री गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिरमै विशेष महाधिवेशन गर्नुपर्ने आवश्यकता निर्विकल्प रूपमा अघि सारेका छन् ।

उनका अनुसार केन्द्रीय समितिले औपचारिक निर्णय नगरे पनि आवधिक अधिवेशनको समय अभाव भएकाले मंसिर २७–२८ गतेतिर विशेष अधिवेशन गर्ने तयारी गर्नुपर्ने अवस्था छ । उनले निर्वाचनअघि अधिवेशन सम्पन्न गर्नु अपरिहार्य रहेको स्पष्ट पारे ।

आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेस सहभागी हुने पनि थापाले शनिबार राजधानीमा बताएका छन् ।

महामन्त्री थापाले कांग्रेसले देशमा शान्ति र स्थिरताको राजनीतिको नेतृत्व गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट