काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका माग समाधान गर्न प्रतिनिधिसभा पुनर्स्थापना नै सबैभन्दा उचित राजनीतिक निकास हुने बताएका छन्। शनिबार वाग्मती प्रदेश कमिटीद्वारा भृकुटीमण्डपमा आयोजित सभामा बोल्दै उनले संसद् पुनर्स्थापना गरेर सर्वदलीय सरकार गठन गर्न सकिने र संविधान संशोधनमार्फत मार्गचित्र तयार गर्न सकिने उल्लेख गरे।
ओलीका अनुसार जेनजीसम्बन्धी बहस तथा मागहरू समाधान गर्ने प्रभावकारी बाटो संविधान संशोधन हो। “जेनजीका मागको समाधान संसद् पुनर्स्थापनाबाट सुरु हुन्छ,” उनले भने, “लोकतन्त्रलाई सही बाटोमा फर्काऔँ, संविधानलाई चलायमान बनाऔँ, शान्ति स्थापना गरौँ।”
अध्यक्ष ओलीले दलहरूलाई भावनामा नबग्न र प्रतिशोधी व्यवहार नगर्न आग्रह गरे। उनले वर्तमान सरकारले असंवैधानिक कार्यशैली अपनाएको आरोप लगाउँदै भने, “यस्तो सरकारको जन्ती बनेर जाने पार्टीहरूलाई के हात लाग्छ ? राजनीतिक दलको काँधमा गम्भीर जिम्मेवारी हुन्छ, त्यसैले यस्तो सरकारको समर्थन उपयुक्त हुँदैन।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij