सिन्धुपाल्चोक : आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी ओलीमाथि मुलुकलाई नियन्त्रित अस्थिरतामा धकेलेको आरोप लगाएका छन्।
शनिबार चौतारामा सम्पन्न पार्टीको विस्तारित बैठकमा अध्यक्ष साहले जेन–जी आन्दोलनको मर्म र भावनालाई दमन गरिएको र युवाहरूको बलमा भएको जनविद्रोह अपहरण गरिएको बताए। उनले गृहमन्त्री अर्याल र आयोगको कार्यप्रणालीलाई पनि निष्प्रभावी ठहराउँदै दोषीहरूसँग बयान लिन नसकिने अवस्थाप्रति प्रश्न उठाए।
साहले अवसरवादीहरूले चुनाव मात्र ध्यानमा राखेर दल खोलेको र ओली नेतृत्वको एमालेले मुलुक मुठभेडको स्थितिमा पुर्याउन सक्ने भन्दै चेतावनी दिएका छन्। बैठकमा आजपा सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष गणेश श्रेष्ठसहित प्रदेश र सचिवालयका वरिष्ठ नेता तथा सदस्यहरू सहभागी थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij