चितवन : चितवनको नारायणगढ स्थित शुभम ईन्टरप्राईजेज् (छापाखाना)मा आगलागी भएको छ । गएराती एक बजे विद्युत सट हुँदा छापाखानाका तीन वटा सटरमा आगलागी भएको हो । आगलागीबाट करिव एक करोड बराबरको क्षति पुगेको सञ्चालक अमन देवकोटाले नारायणी अनलाइनलाई जानकारी दिए । उनका अनुसार आगलागीबाट तीन वटा सटरका सामानमा पुर्ण रुपमा क्षती पुगेको छ ।
आगलागी भएपछि प्रहरी, भरतपुर महानगरपालिकाको दमकल, खैरहनी नगरपालिकाको दमकल र नेपाली सेनाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी रविद्र खनालको अनुसार विद्युत सट भएर आगोलागी भएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij