चौमाला (कैलाली) : नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीमबहादुर रावलले पार्टी आगामी फागुन २१ गते हुने निर्वाचनका लागि तयार रहेको बताउनुभएको छ।
धनगढीमा आयोजित पार्टी एकता सन्देश सभा तयारी छलफलमा बोल्दै उहाँले नेपाली कम्युनिष्ट पार्टीले जनताको साथ र समर्थन लिएर बहुमत प्राप्त गरी सरकार गठन गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो।
डा. रावलले मतदाताले स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न पाउनुपर्ने आवश्यकता औँल्याउँदै वर्तमान अन्तरिम सरकारले निर्वाचनको पूर्ण सुरक्षा प्रत्याभूति दिनुपर्ने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “देशमा केही कैदीबन्दी अझै बाहिर छन् र थुप्रै बन्दुक राज्यको नियन्त्रणमा छैनन्। राष्ट्रको अखण्डता र जनताको स्वाधीनता सुरक्षित गर्न अहिलेको परिस्थितिमा सबैको जिम्मेवारी महत्वपूर्ण छ।”
नेपाली कम्युनिष्ट पार्टीले यही मंसिर १२ गते धनगढीमा पार्टी एकता सन्देश सभा आयोजना गर्ने भएको छ। छलफल कार्यक्रम यही सभाको तयारीका लागि गरिएको बताइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij