काठमाडौं : नेकपा एमालेले जनपरिचालन कार्यक्रमअन्तर्गत आज काठमाडौंमा भव्य जनसभा आयोजना गर्दै छ। पार्टीले प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधिसभा विघटनको विरोधमा कात्तिक २२ गतेदेखि वडा तहबाट सुरु गरेको जनपरिचालन कार्यक्रमलाई राजधानीमा व्यापक रूप दिन लागेको हो।
वाग्मती प्रदेश कमिटीले आयोजना गरेको आजको जनसभा भृकुटीमण्डपमा हुने भएको छ। एमालेका नेता, कार्यकर्ता, जनसंगठन र सम्पर्क समन्वय कमिटीका सदस्यहरूले प्रदर्शनी मार्गबाट र्याली निकालेर जनसभामा प्रवेश गर्ने तयारी गरेका छन्।
र्याली प्रदर्शनी मार्ग हुँदै रत्नपार्क घुमेर भृकुटीमण्डपमा आमसभामा परिणत हुनेछ। जनसभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रत्यक्ष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।



© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij