Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन मंसिर ८ गते हुँदै

लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन मंसिर ८ गते हुँदै

दाङ :  लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन मंसिर ८ गते बस्ने भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नेपालको संविधानको धारा १८३ को उपधारा (१) अनुसार आगामी सोमबार दिउँसो १ बजे अधिवेशन आह्वान गर्नुभएको हो।

प्रदेश सरकारले सिफारिस गरेको आधारमा अधिवेशन बोलाइएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो। उहाँका अनुसार लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ बमोजिम सबै प्रदेशसभा सदस्यहरूलाई अधिवेशन सम्बन्धी सूचना पठाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट