Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवनमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

चितवनमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

माडी :  चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। माडी नगरपालिका(१ सेरुवाका अन्दाजी ६२ वर्षीय फिरल महतोको घटनास्थलमै मृत्यु भएको हो। उनलाई शनिबार बिहान माडी नगरपालिका–१ गर्दीमा बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पैदलयात्रीलाई ठक्कर दिएसँगै बस अनियन्त्रित भई खेतमा खसको थियो। यसक्रममा बसका दुई यात्रु घाइते भएका छन् । घाइते दुवै जनाको बघौडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।बस चालकको खोजी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij