काठमाडौँ : नेकपा एमालेले आज राजधानी काठमाडौँमा ठूलो जनप्रदर्शन गर्ने भएको छ। एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ कार्यक्रम तय गरिएको हो।
यो जनसभालाई पार्टीले शक्ति प्रदर्शनको रूपमा लिने बताइएको छ। हालै भएको संसद् विघटन र सुशीला कार्की नेतृत्वमा गठन भएको सरकारलाई असंवैधानिक भन्दै एमालेले विरोध स्वरूप जनसभा आयोजना गरेको नेताहरूले बताएका छन्।
एमाले नेता महेश बस्नेतका अनुसार आजको जनसभामा करिब ६० हजार सहभागी हुने दाबी गरिएको छ। यसअघि पार्टीले ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा गर्दै संगठन विस्तार र जनसहभागिता सक्रिय बनाएको थियो।
आजको जनसभा एमालेका शीर्ष नेताहरूको सम्बोधन रहने तयारी भएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij